single head

नेपाली काँग्रेस वडा नं ८ को सपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न ।

single post top 1
गैंडाकोट ( गोविन्द रिमाल) । नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत र्गैंडाकोट वडा नं ८ बाट निर्वाचित कार्यसमिति र प्रतिनिधिहरूको सपथग्रहण तथा पद हस्तान्तरण आइतबार एक कार्यक्रमका बिच गैंडाकोटको विजय विकास स्रोत केन्द्रको सभाहलमा सम्पन्न भएको छ । निवर्तमान सभापति रामप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गैंडाकोटका नगर सभापति खेमराज सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सापकोटाले नेपाली काँग्रेसको स्थापना र त्यसपछिका आयामहरुको चर्चा गर्दै प्रतिबद्ध काँग्रेस बन्न प्रेरित गर्नुभयो । कार्यक्रममा प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य एवम् समन्वय समितिका संयोजक शालिकराम सापकोटा, युवा प्रेमप्रसाद सापकोटा राजु, जिल्ला सचिव पदका आकांक्षी करुणासागर सुबेदीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य नवनिर्वाचित वडा सभापति छायादत्त सापकोटाले राख्नुभएको थियो । मतदान अधिकृत गोविन्द रिमालले सपथ ग्रहण गराउनु भएको थियो भने कार्यक्रमले समन्वय समितिमा रहेर कार्य सम्पादन गर्नुहुने संयोजक शालिकराम सापकोटा तथा सदस्यहरु विष्णुकुमारी कँडेल वडाबाट प्रतिनिधित्व गर्दै पार्टीको नगर र प्रदेश तहमा निर्वाचित सदस्य द्रोणराज सापकोटा, विष्णुकुमारी मल्ल हमाल, भद्र परियार तथा प्रदेश प्रतिनिधि लक्ष्मीप्रसाद कँण्डेललाई सम्मान गरिएको थियो । कार्यक्रममा युवा नेताहरु देवराज लामिछाने, मुरारी खनाललगायतको उपस्थिति रहेको थियो ।
निवर्तमान उपसभापति ईश्वरी कुमालको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सहजीकरण निवर्तमान सचिव डिलाराम सापकोटाले गर्नुभएको थियो ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3