single head

नेपाली कांग्रेस नवलपुर जिल्ला सचिवमा करुणा सागर सुवेदीको उम्मेदवारी घोषणा

single post top 1
नवलपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै करुणा सागर सुवेदीले नवलपुर जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सुवेदीले सामाजिक तथा राजनीतिक सद्भाव, आपसी सहकार्य र पार्टीका नेता तथा कार्यकर्ताको साथ र सहयोगको अपेक्षा सहित जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफ्नो उम्मेदवारीलाई सफल बनाउन सबैको माया, सद्भाव, अमूल्य सल्लाह तथा सुझावका साथै सहयोगका लागि आग्रह गरेका छन्।
उनका अनुसार नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरूले प्रदान गरेको माया, मत र भरोसाले नै आफूलाई १५औँ महाधिवेशनमा जिल्ला सचिव पदमा उम्मेदवारी दिन प्रेरणा मिलेको हो।
१४औँ महाधिवेशनमा प्राप्त विश्वास र समर्थनलाई आगामी महाधिवेशनमा पुनः उम्मेदवारी घोषणा गर्ने आधारका रूपमा लिएको उल्लेख गर्दै सुवेदीले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग सहयोगको अपेक्षा गरेका छन्।
१५औँ महाधिवेशनका लागि जिल्ला सचिव पदमा उम्मेदवारी घोषणा गरेका सुवेदीले आफ्नो राजनीतिक यात्रामा साथ दिँदै आएका सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगका लागि अनुरोध गरेका छन् ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3