single head

गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटद्धारा गैँडाकोटमा सराय नाच प्रदर्शन

single post top 1
गैँडाकोट । गैँडाकोटमा आइतबार सराय नाच प्रदर्शन गरिएको छ । गुल्मी अर्घाखाचीबाट बसाइँसरी गैँडाकोट आएकाहरुले हातमा खुँडा, खुकुरी र तरबार लिएर पराम्परागत सराय नाच प्रदर्शन गरेका हुन् ।
गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटको आयोजनामा जनक नमुना मावि काँग्रेसचोकमा भएको कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले यस्ता संस्कृति संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो । नगर प्रमुख अधिकारीले गैँडाकोटमा लगातार प्रत्येक बर्ष सराय नाच प्रदर्शन गरिएको बताउँदै यस्ता संस्कृति जर्गेनाका लागि पुस्तान्तरण जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा चितवनका सिडिओ गणेश अर्यालले सराय नाच हाम्रो परम्परा भएकोले यसलाई जोगाउन सबै लाग्नुपर्ने बताउनु भयो ।
गुल्मी अर्घाखाचीबाट बसाइँसरेर आएकाहरुबीच एकता कायम गरी संस्कृति जर्गेनाका लागि पनि दसैँ सराय नाच कार्यक्रम गरिएको गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटका कोषाध्यक्ष पदमप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै सराय नाच असुर (राक्षस)सँगको लडाइमा सत्यको विजय भएपछि सत्यका पक्षधरहरुले विजयोत्सव स्वरूप मनाउन थालिएको बताउनुभयो ।
कार्यकमको सहजिकरण समाजका सचिव इश्वरीप्रसाद घिमिरेले गर्नुभएको थियो । काँग्रेसचोक देखी विजय चोक हुँदै कालिकाचोक स्थित कालिका मन्दिर कालिका आश्रम पुगी देवी विसर्जनसँगै सराय नाँच प्रदर्शन गरिएको थियो ।
मौलिक संस्कृतिको रुपमा परम्परादेखि मनाइने सराय नाचको छुट्टै महिमा रहेको छ । गुल्मी, अर्घाखाँची तथा प्युठान जिल्लाका सबै शक्तिपीठहरुमा सराय नाच विशेष रूपमा मनाइन्छ । हिन्दुहरुको महान चाड विजयादशमीका अवसरमा शक्तिपीठहरुमा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मनोरञ्जनात्मक रुपमा यस्ता नाच नाच्ने गरिन्छ ।
दैत्य र दानवमाथि देवी देवताले विजय हाँसिल गरेपछि त्यसको खुसियालीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान गर्न थालिएको किंवदन्ती छ । युद्धमा प्रयोग भएका खुँडा, खुकुरी, तरबार, भाला, लठ्ठी, ढाल लगायतका घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिनेगरी सराय नाच नाचिन्छ ।
कार्यक्रममा गुल्मी,अर्घाखाँचीबाट बसाई सरेर आएका बासिन्दा तथा गैंडाकोट नगरबासी, बुद्धिजीवी, समाजसेवीहरूको उपस्थिति रहेको थियो।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3