नवलपुर । डिभिजन वन कार्यालय नवलपुरमा अन्यत्रका डिभिजन वन कार्यालयबाट सरुवा भई आएका कर्मचारीहरूको स्वागत तथा यस कार्यालयबाट सरुवा भएका कर्मचारीहरूको बिदाइ गरिएको छ।
कार्यालयमा आयोजित ‘स्वागत तथा फेरि भेटौँला’ कार्यक्रममा वन अधिकृत अमृतनाथ आचार्य, वन अधिकृत भुवन थापा, वन अधिकृत मनिष कार्की, फरेस्टर खुमराज थापा मगर, वन रक्षक अग्नि सार्की, वन रक्षक मनपुरा बुढा र कार्यालय सहयोगी डोल प्रसाद मरासिनीलाई स्वागत गरिएको हो।
त्यस्तै, डिभिजन वन कार्यालय नवलपुरबाट डिभिजन वन कार्यालय तनहुँमा सरुवा भएका वन अधिकृत अर्जुन प्रसाद सापकोटा तथा एकीकृत सेवा कार्यालय नवलपुरमा सरुवा भएका अधिकृत (लेखा) दिपक शर्मालाई बिदाइ गरिएको कार्यालय प्रमुख विष्णु अधिकारीले बताउनुभयो।
कार्यक्रममा कार्यालयका कर्मचारीहरूले सरुवा भएर आएका कर्मचारीलाई नयाँ कार्यस्थलमा स्वागत गर्दै वन संरक्षण, व्यवस्थापन तथा सेवा प्रवाहका क्षेत्रमा प्रभावकारी रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सरुवा भई जाने कर्मचारीहरूको कार्यकालमा कार्यालयको कार्यसम्पादनमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना दिइएको थियो।










