spot_img

Monday, June 22, 2026

प्रधानाध्यापक र बालविकास सहजकर्तालाई पाठ्यक्रम प्रबोधिकरण

नवलपुर। प्रारम्भिक बाल विकास र शिक्षा सम्बन्धि क्षमता विकास ,शैक्षिक सामाग्री निर्माण र पाठ्यक्रम प्रबोधिकरण कार्यक्रम गैंडाकोटमा सम्पन्न भएको छ । त्रिदिसीय रुपमा सम्पन्न सो कार्यक्रम गैंडाकोट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजना तथा शिक्षा सेवा समाज नेपाल चितवनको सहकार्यमा सञ्चालन भएको हो ।

दुई चरणमा सञ्चालित सो कार्यक्रमको पहिलो चरणमा बालविकास सहजकर्ता र दोस्रो चरणमा प्रधानाध्यापकहरुलाई प्रबोधिकरण गरिएको हो । शनिबार र आइतबार जनक नमुना माध्यमिक विद्यालयको सभाहलमा सञ्चालित सो कार्यक्रममा गैंडाकोट नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका ४० जना बालविकास शिक्षकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागी बालविकास शिक्षकहरुलाई पूर्व उपसचिव एवं शैक्षिक उत्प्रेरक गोपालप्रसाद भण्डारीले सहजकर्ताहरुको क्षमता विकास ,प्रारम्भिक बालविकासको पाठ्यक्रम प्रबोधिकरण सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको शिक्षा सेवा समाजका अध्यक्ष दोलराज पाण्डेले जानकारी दिनुभएको छ ।

नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको सो कार्यक्रम शिक्षा सेवा समाजका अध्यक्ष दोलराज पाण्डेको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा समाजका सल्लाहकार संयोजक चोलेन्द्रकुमार पण्डित, जनक नमुना मा.विका प्रधानाध्यापक बुद्धिसागर पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको तेस्रो दिन प्रधानाध्यापकहरुलाई प्रारम्भिक बालविकास पाठ्यक्रम सम्बन्धि प्रबोधिकरण दिइएको छ ।

गैंडाकोट नगरपालिकाको सभाहलमा सञ्चालित सो कार्यक्रममा बाल विकास सहजकर्ताहरुले सिकेका कुरा विद्यालयको कक्षा कोठामा प्रयोग गर्न सहज होस् भन्ने उद्देश्यले प्रधानाध्यापकहरुलाई बालविकास पाठ्यक्रम सम्बन्धि प्रबोधिकरण गरिएको छ । प्रबोधिकरण कार्यक्रममा गैंडाकोटका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, प्याब्सनका अध्यक्ष एवं प्रतिनिधीहरु, शिक्षा समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम शिक्षा सेवा समाज नेपालका अध्यक्ष दोलराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । ४० जना प्रधानाध्यापकहरुको सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण पूर्व उपसचिव गोपालप्रसाद भण्डारी र पूर्व निर्देशक महेन्द्र पौडेलले गर्नुभएको थियो । कार्यक्रममा नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले पाठ्यक्रमको प्रयोगका बारेमा जानकारी सहितको मन्तव्य राख्नुभएको थियो । साथै शिक्षा समिति सदस्य कमल सुवेदी, शिक्षा समिति सदस्य एवं नेपाल रष्ट्रिय शंसेर आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराईले कार्यक्रमको प्रभावकारीताको विषयमा प्रकाश पार्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :