spot_img

Tuesday, April 7, 2026

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त / पेट्रोलियम पदार्थ आयातको भन्सार करमा ५० प्रतिशत छुट

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डोटी निवासी डा. भट्टलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले राष्ट्र बैँकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरिएको बताउनुभयो ।

मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थको बढ्दो मूल्य र आपूर्तिमा देखिएको चापलाई सम्बोधन गर्न विशेष प्याकेज घोषणा गरेको छ । मन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । पछिल्लो १५ दिनमा मात्रै नेपाल आयल निगम ११ अर्ब रुपियाँभन्दा बढी घाटामा गएकाले मूल्य समायोजन र कर छुटको बाटो अपनाउनुपरेको सरकारको भनाइ छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :