spot_img

Saturday, February 14, 2026

ग्रीनल्याण्ड पब्लिकमा पठन संस्कृति कार्यक्रम

भरतपुर । भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा पठन संस्कृति कार्यक्रम सम्पन्न भएको छ । पठन संस्कृतिमा जोड दिँदै स्कुलले आज (शनिबार) उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा स्कुलका विद्यार्थी र अभिभावकहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले वर्षभर अध्ययन गरेका पुस्तकहरु प्रदर्शनीमा राखेका थिए । यस्तै उनीहरुले विभिन्न कृतिमा आधारित तथा अन्य नाटकहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कथा क्रम, चित्र वर्णन, पुस्तक पठन, शब्द निर्माण, उल्टो अर्थ खेल, वर्ण र मात्रा मेल, नाटक प्रदर्शनलगायत बिशेष आकर्षणको रुपमा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ब्याप्सन बागमती प्रदेश सल्लाहार टिकाराम चापागाईले पठन संस्कृति बिकास गर्नुपर्नेमा जोड दिए । उनले बालबालिकामा पठन संस्कृति बिकास गर्न अभिभावकमा पढ्ने बानीको बिकास हुन आवश्यक रहेको औंल्याए ।

कार्यक्रमकी विशिष्ठ अतिथि एजुकेशन फर नेक्स्ट जेनकी कार्यक्रम निर्देशक कबिता अर्यालले पठन संस्कृतिले विद्यार्थीमा आत्मविश्वास बढ्ने बताईन् । विद्यार्थीमा पठन संस्कृति बिकास गर्न शिक्षकसँगै अभिभावकको पनि भूमिका महत्त्वपूर्ण हुने उनले बताईन् । उनले ग्रीनल्याण्डले नमूना काम गरेको भन्दै स्कुलको प्रशंसा पनि गरिन् ।

पठन संस्कृतिले विद्यार्थीहरुमा आत्मविश्वास बढेको स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले बताईन् । स्कुलले पठन संस्कृति अपनाएपछि विद्यार्थीहरुमा धेरै परिवर्तन आएको कार्कीको भनाई थियो । उनीहरुमा सकारात्मक सोच, आत्मविश्वास, रूचीलगायतका परिवर्तन देखिएको उनले बताईन् । यसले विद्यार्थीहरुमा पुस्तक पढ्ने बानीको बिकास भएको पनि उनले बताईन् ।

शिक्षामा रुपान्तरणका लागि पठन संस्कृति कोशेढुङ्गा बन्ने उनको भनाई थियो । स्कुलले सधैं यस्ता कार्यक्रमलाई जोड दिदै आएको पनि उनले बताईन् । स्कुलका सह प्राचार्या उपेन्द्र आचार्यले ग्रीनल्याण्ड शिक्षामा रुपान्तरणको यात्रामा अघि बढेको बताए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :