spot_img

Wednesday, April 1, 2026

गैँडाकोट महोत्सवमा आज मेलिना राईसहितका कलाकारको प्रस्तुती रहने

 माघ ४ गैँडाकोट । नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज आइतबार कलाकार मेलिना राईसहितको प्रस्तुती रहने बताइएको छ ।

महोत्सवको सांँस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आइतबार महोत्सवमा राईसहित अन्य कलाकारहरु सम्झना श्रेष्ठ, शिव थापा, मञ्जु विकलगायतको प्रस्तुती रहनेछ । महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत हरेक दिन स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकरी दिए । कला र संस्कृतिको जगेर्ना तथा संरक्षण गर्नका लागि महोत्सव आयोजना गरिएकाले महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम भइरहेको उनको भनाइ छ ।

महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले महोत्सवमा पछिल्ला दिनहरुमा दर्शकहरुको क्रेज बढ्दै गएको बताए । महोत्सव अवलोकन, मनोरञ्जन तथा किनमेलका लागि दर्शकहरु महोत्सवस्थल आउने गरेका उनको भनाइ छ । पुस २५ बाट सुरु भएको महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुने सापकोटाले बताए ।

संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवमा जलपरी शो, फिस टनेल, रेष्टुरेन्ट, कृषि प्रदर्शनी, अटो, व्यापारिक गरी २५० स्टल तथा बाल उद्यान समेत रहेको जानकारी दिए । दुई लाख बढी दर्शकले महोत्सव अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको कँडेलको भनाइ छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :