spot_img

Thursday, January 22, 2026

आज गैँडाकोट महोत्सवमा श्रीकृष्ण बम मल्लसहितका कलाकारको प्रस्तुती

गैँडाकोट । नवलपुरको नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज श्रीकृष्ण बम मल्लासहितका कलाकारको प्रस्तुती राख्दैछन् ।
महोत्सवको सांस्कृति कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज शुक्रबार महोत्सवमा श्रीकृष्ण बम मल्लासहित, लक्ष्मी बम मल्ल, सीता परियार, रिता थापा, रवि रिमाल तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । पछिल्लो दिनहरुमा महोत्सवमा दर्शकको अकर्षण बढ्दै गएको लम्सालको भनाइ छ । महोत्सवमा स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको सचिवालय संयोजक एवम् जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव तेजनारायण पाण्डेले बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमन गरिएको पाण्डेको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको महोत्सवमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।
महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको संघका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले बताए । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका उनको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको सापकोटाले बताए ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :