single head

गैँडाकोट वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु / नगरप्रमुख मदनभक्त अधिकारी द्धारा उद्घाटन

single post top 1

गैंडाकोट । गैँडाकोट वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि गैँडाकोट ९ स्थित  नवजागरण खेल मैदानमा एक कार्यक्रमका बीच प्रतियोगिता शुरु भएको हो ।

single p1

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले खेलकुदको माध्यमबाट खेलाडी र राष्ट्रको नाम उँचो भएकाले खेलकुदलाई प्राथमिकता दिइएको बताउनुभयो । “खेलकुदले खेलाडीलाई स्वस्थ राख्दै अनुशासनमा राख्न तथा कूलतमा फस्नबाट जोगाउँछ” उहाँले भन्नुभयो, “खेलकुदको माध्यमबाट खेलाडीले आफ्नो देशको नाम उँचो बनाउन भूमिका खेलेका हुन्छन् ।” पालिकाले नगरभित्र सञ्चालन हुने खेलकुदका गतिविधिलाई प्रवद्र्धन र खेलकुदको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

single p2


गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले व्यक्तिको स्वास्थ्यलाई तन्दुरुस्त राख्न खेलकुदले सहयोग पु¥याउने बताउनुभयो । विश्वसामु राष्ट्रको पहिचान दिलाउन खेलकुदको महत्व रहेको उल्लेख गर्दै लामगादेले नेपालका क्रिकेट तथा फुटबल खेलाडीले नेपाललाई विश्वमाझ थप परिचित गराउने काम गरेका स्मरण गर्नुभयो । पालिकाले खेलकुदलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको उहाँको भनाइ छ ।


कार्यक्रममा गैंडाकोट ५ का वडाअध्यक्ष रत्नप्रसाद सापकोटा, गैंडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की लगायतले खेलकुदले युवाहरूमा अनुशासन, सहकार्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खेलकुदका माध्यमबाट स्थानीय जनशक्तिलाई शारीरिक रूपमा तन्दुरुस्त बनाउनुका साथै सकारात्मक सोच र सामाजिक एकताको विकास हुने भएकाले यस्ता कार्यक्रम आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।


माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ आठ वटा टिम तथा पुरुषतर्फ १५ वटा टिम प्रतिस्पर्धा गर्दैछन् । युवाहरुलाई फुटबलको माध्यमबाट अनुशासित बनाउँदै धुम्रपान, मध्यपान तथा लागुपदार्थ दुव्र्यसनीबाट टाढा राख्दै सक्षम नागरिक तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सुदन पराजुलीले बताउनुभयो । प्रतियोगिताबाट वडामा भएका दक्ष पुरुष तथा महिला फुटबल खेलाडी छनौट गरी व्यावसायिक खेलाडी उत्पादन गर्न प्रेरित गरिने पराजुलीको भनाइ छ ।

गैंडाकोट नगर खेलकुद विकास समितिका सदस्य दुर्गा घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको गैंडाकोट फुटबल क्लबका सदस्य कुशल सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

गैँडाकोट-९ थुम्सी स्थित नवजागरण खेलकुद मैदानमा सुरु भएको प्रतियोगितामा पुरुषतर्फको विजेता टिमलाई रु ५५ हजार तथा महिलातर्फ विजेता हुने टिमलाई रु २५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रत्येक खेलको म्यान अफ दी म्याचलाई रु दुई हजार ५ सय ५०, प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोल रक्षक, उच्च गोलकर्तालाई समेत पुरस्कृत गरिनेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3