single head

गैँडाकोट नगरपालिका वडा नं. ४ महिला सञ्जालको साधारण सभा सम्पन्न

single post top 1

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ४ मा अवस्थित महिला सञ्जालको दोस्रो साधारण सभा सोमबार वडा नं. ४ को कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।

single p1

गैँडाकोट वडा नं. ४ का वडा सदस्य शान्ता घर्तीले महिलाको सशक्तीकरणका लागि सीपमूलक तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरू आवश्यक रहेको उल्लेख गर्दै वडाको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महिलाहरू सामाजिक, आर्थिक तथा नेतृत्व विकासमा अघि बढ्न सके समग्र समाजको विकासमा टेवा पुग्ने बताउनुभयो ।

single p2

संस्थाका अध्यक्ष अनिता काफ्लेले महिला सञ्जालले महिलाको क्षमता विकास, आत्मनिर्भरता र हकहितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । साथै उहाँले आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रममार्फत महिलाका अधिकार र सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव शोभा घिमिरेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लक्ष्मी कमलीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा समाजसेवी टोलनाथ घिमिरे, जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर कुमाल, पूर्व कार्यपालिका सदस्य संगीता घिमिरे, गैँडाकोट पम्पिङ स्किम खानेपानी कार्य समितिकी सदस्य लक्ष्मी पोख्रेल, टोल सञ्जाल अध्यक्ष रामचन्द्र घिमिरे, सहयोगी महिला समूहकी उपाध्यक्ष इन्दिरा ढकाल लगायतले शुभकामना मन्तव्य राख्दै महिला सञ्जालको भूमिकाको प्रशंसा गर्नुभयो ।

कार्यक्रमले महिला सञ्जाललाई थप सशक्त र सक्रिय बनाउँदै आगामी दिनमा समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3