single head

पूर्वी चितवन विद्युत व्यवसायी संघको चौथो साधारण सभा सम्पन्न

single post top 1

चितवन । पूर्वी चितवन विद्युत व्यवसायी संघको चौथो साधारण सभा आज राप्ती नगरको खुरखुरेमा सम्पन्न भएको छ।

single p1

नेपाल विद्युतीय व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दिलिप कुमारअग्रवालले विद्युत व्यवसायीहरू अब मूल्य मात्र होइन, गुणस्तरीय र सुरक्षित सामानको बिक्रीमा प्रतिस्पर्धी बन्नुपर्ने आवश्यकता औंल्याए। बजारमा नक्कली तथा मापदण्डविहीन सामग्रीले व्यवसाय र उपभोक्ता दुवैलाई नोक्सान पुर्‍याउने भएकाले महासंघले गुणस्तर, नीति र व्यवसायीको हकहितका विषयमा निरन्तर आवाज उठाइरहेको उनले बताए। विशेष अतिथि नेपाल विद्युतीय व्यवसायी महाससंघका निवर्तमान अध्यक्ष रेशम प्रसाद देवकोटाले विद्युत व्यवसाय क्षेत्र पछिल्लो समय चुनौती र अवसर दुवैको चरणमा रहेको उल्लेख गर्दै एकता, नीति निर्माणमा सक्रिय सहभागिता र व्यवसायीको अधिकार संरक्षणमा सङ्घ-संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए।

single p2

राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार कण्डेलले स्थानीय उद्योग र व्यवसाय प्रवर्द्धनमा विद्युत व्यवसायीहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै नीतिगत सहजीकरण, लगानीमैत्री वातावरण र व्यवसायिक मर्यादा कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।

संघका अध्यक्ष भुवन चौधरीले संघले व्यवसायीहरूको समस्या समाधान, तालिम, समन्वय र अधिकारका विषयमा निरन्तर काम गर्दै आएको बताउँदै आगामी दिनमा सङ्गठित, उत्तरदायी र आधुनिक व्यवसायिक अभ्यासमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।

सभाका अवसरमा झलक प्रसाद गौतम, शंकर देवकोटा, राजेश गौतम, लोकनाथ पोखरेल, राम बहादुर श्रेष्ठ, प्रेमबहादुर जिसी, ओम प्रसाद चालिसे, सुजन अधिकारी, कृष्णप्रसाद कुइकेल, सरोज कुमार रेग्मी, डोलराम न्यौपाने, दिनेश कुमार जैन, लक्ष्मीप्रसाद पौडेल, कृष्णप्रसाद दुलाल, विष्णुप्रसाद चालिसे, मिलन प्रसाद शिवाकोटी, पुरुषोत्तम भुसाल, केशव ढकाल, सुजित कुमारसिंह,लगायतका अतिथिहरू रहेको सभामा विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा पूर्वी चितवन विद्युत व्यवसायी संघका पदाधिकारी तथा सदस्यहरूको हरूको उल्लेखनीय उपस्थिति रहेको थियो। चौथो साधारण सभालाई संयोजक खेमबहादुर गौतम”उद्धव”ले गरेका थिए। सभाकै अवसरमा संघलाई फरक फरक योगदान गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई सम्मान समेत गरिएको थियो । सभाको सहजीकरण संघका सचिव राजकुमार न्यौपानेले गरेका थिए।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3