spot_img

Saturday, January 17, 2026

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूत सहित राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने

गैँडाकोट। नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सुरु भएको चौथो संस्करणको गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतसहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज शनिबार महोत्सवको सांस्कृतिक कार्यक्रमको आकर्षणको रुपमा लोकप्रिय गायक प्रकाश सपूतसहित गायिका सीता राना, गायक तथा प्रस्तोता दीपक खड्का र सन्तोष सुवेदीलगायत स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने छ ।
महोत्सवमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने भन्दै लम्सालले महोत्सवकै अवसरमा राष्ट्रिय भजन प्रतियोगितासमेत आयोजना गरिएको जानकारी दिए । लम्सालकाअनुसार महोत्सवमा हरेक दिन हुने सांस्कृतिक कार्यक्रममा समीक्षा अधिकारी, हिमाल सागर, शिव परियार, रमेशराज भट्टराई, मेलिना राई, रचना, रिमाललगायतका कलाकारको प्रस्तुती रहनेछ । महोत्सवमै विशेष भजन प्रतियोगितासहित जातीय नृत्य, विद्यालयस्तरीय नृत्यलगायतका प्रस्तुती रहने लम्सालको भनाइ छ ।
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणले रु १०० तथा विद्यार्थीका लागि रु ७० को टिकटको व्यवस्था गरिएको छ । त्यस्तै अपाङ्ग तथा ज्येष्ठ नागरिक र शैक्षिक संस्थाबाट संस्थागतरुपमा विद्यार्थीहरुको सहभागिता भएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्न दिइने आयोजकले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :