spot_img

Sunday, January 4, 2026

माघ ९ मा प्रदर्शन हुने चलचित्र बिगुलको ट्रेलर सार्वजनिक

चितवन । जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको ट्रेलर सार्वजनिक भएको छ । आइतबार तीन मिनेट पाँच सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो । चलचित्र माघ ९ गते देशभर एक साथ प्रदर्शन हुँदैछ ।

ट्रेलरमा राजनीति र देश परिवर्तनको बिषय देखाईएको छ । ट्रेलरमा परिवर्तनदेखि क्रान्तिसम्म र न्यायका लागि उठेको आवाजलाई दमदारका साथ प्रस्तुत गरिएको छ । दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ ।

पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ । बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको निर्माता तथा लेखक दिनेश कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको छ । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको निर्माण पक्ष्यको दाबी छ ।

निर्देशक कोइरालाले पारिवारिक,सामाजीक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास ‘बिगुल’ मार्फत पर्दामा देखाउन खोजेको बताए । फिल्मले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :