single head

चितवनमा ५ दिने भलिबल रेफ्री तालिम सुरु

single post top 1

चितवन । चितवनमा ५ दिने जिल्ला भलिबल रेफ्री तालिम सुरु भएको छ । आज (आइतबार) बाट सुरु भएको तालिमको चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गर्नु भयो  ।
सो क्रममा कार्कीले प्रशिक्षार्थीहरुलाइ  शुभकामना दिनुभयो  । रेफ्री उत्पादनमा यसले ठूलो भूमिका खेल्ने उनको भनाइ थियो । ग्लोरियरस एकेडेमीमा २५ गतेसम्म चल्ने तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट ४० जना प्रशिक्षार्थी रेफ्रीहरु सहभागी छन् ।

single p1

उनीहरुलाई भलिबल रेफ्री सम्बन्धी आधारभूत तालिम दिईने चितवन जिल्ला भलिबल संघका अध्यक्ष तोरनबहादुर ढकालले जानकारी दिए । सहभागीहरुलाई राष्ट्रिय रेफ्री तथा अन्तराष्ट्रिय लेभल टु प्रशिक्षक विजयकृष्ण बाधेले प्रशिक्षण दिने कार्यक्रम संयोजक एवं चितवन जिल्ला भलिबल संघका महासचिव रमेश बिकले जानकारी दिए ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3