spot_img

Sunday, January 4, 2026

एन्फा अन्डर-१८ लिग फुटबलका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न

नवलपुर । नवलपुर जिल्ला फुटबल संघको समन्वयमा एन्फा अन्डर-१८ लिग फुटबलका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । कावासोती-१२ नवलपुरमा आयोजित छनौट कार्यक्रममा चर्जब्याईज क्लब काठमाडौंको सहकार्य रहेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट करिब २०० जना फुटबल खेलाडीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै संघका महासचिव लक्ष्मण कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यस प्रकारको छनौट कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले जिल्लाका प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने र नेपाली फुटबलको भविष्य निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय तहमा लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी व्यावसायिक फुटबलमा प्रवेश गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :