single head

चौथो गैँडाकोट महोत्सवको तयारी तीव्र ,महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने

single post top 1

गैँडाकोट । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सवको तयारी तीव्र पारिएको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको गैँडाकोट महोत्सवको मुख्य आकर्षणको रुपमा ‘जलपरी’ राखिने भएको छ । स्थानीय कृषि तथा जिल्लाका उद्योगबाट उत्पादित सामग्रीलाई प्राथमिकता दिइने महोत्सवको आकर्षणमा जलपरी राखिने भएको आयोजक जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटले जनाएको छ । महोत्सव तयारीबारे जानकारी दिँदै महोत्सवका मूल संयोजक एवम् जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले महोत्सवमा राखिने जलपरीसँग फोटो तथा भिडियो खिच्न पाइने बताउनु भयो  ।

single p1

उहाका अनुसार महोत्सवमा विश्वविख्यात पाकिस्तानी लेदर, बङ्गलादेशी गार्मेन्ट, महिला उद्यामीले उत्पादन गरेका सामग्री राखिनेछ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी ६० प्रतिशत पूरा भएको भन्दै कँडेलले महोत्सवस्थल छुट्याउने र नदी किनार सम्याउने काम सकिएको बताउनु भयो  ।

single p2

। चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने कँडेलको भनाइ छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्नका लागि हरेक वर्ष गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुँदै आएको महोत्सवमा यस वर्ष कृषि उत्पादनलाई प्राथमिकता दिइएको हो । कँडेलले महोत्सवमा स्थानीय कृषि उत्पादनको रुपमा रहेको अदुवाको जामलाई प्रवद्र्धन गरिने बताउनु भयो  । “हाम्रो महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिइएको छ” कँडेलले भन्नुभयो , “स्थानीय उत्पादन अदुवाको जाम मुख्य आकर्षण हुनेछ भने अन्य कृषि उपजहरु पनि महोत्सवमा प्रवद्र्धन गरिँदैछ ।”

महोत्सवमा जिल्लाका किसानले उत्पादन गरेका दूधजन्य पदार्थ तथा अन्य कृषि उत्पादन एवम् महिला उद्यमीले उत्पादन गरेका सामग्रीहरु राखिने कँडेलले बताउनु भयो  । महोत्सवको थप आकर्षणको रुपमा जलपरी ल्याउन लागिएको भन्दै कँडेलले महोत्सवमा उपस्थित दर्शकहरुले जलपरीसँग सेल्फी खिच्न पाउने जानकारी दिए । त्यसैगरी अष्ट्रेलियाको सांस्कृतिक घर ‘ओपेरा हाउस’लाई विशेष डोम निर्माण गरेर प्रदर्शन गर्ने तयारी गरिएको कँडेलले बताउनु भयो ।

सङ्घका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले महोत्सवले नवलपुरको आर्थिक तथा सांस्कृति एवम् पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । महोत्सवलाई सफल पार्नका लागि आयोजक संस्थाले जिल्लाका विभिन्न व्यावसायिक सङ्घसंस्था तथा व्यक्तिहरुसँग छलफल गरिरहेको सापकोटाले बताउनु भयो । पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको सापकोटाले बताउनु भयो  ।

महोत्सव अवलोकन गर्नका लागि नवलपुर, चितवन, तनहुँसहित विभिन्न स्थानबाट दुई लाखभन्दा बढी दर्शकहरुको सहभागिता रहने सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने सापकोटाको भनाइ छ । अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक्स, कृषिजडिबुटी, हस्तकला, तयारी पोशाकदेखि दैनिक उपभोग्य सामानसम्मका विविध स्टलहरू महोत्सवमा रहने उनले बताए ।
जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले महोत्सवको व्यापारिक स्टलमा पाकिस्तानी लेदर, बङ्गलादेशी गार्मेन्ट, स्थानीय उद्योगबाट उत्पादित सामग्री प्रदर्शन गरिने बताउनु भयो  ।

महोत्सवलाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार मुख्य क्षेत्रमा विभाजन गरिएको पाण्डेले बताउनु भयो । गैँडाकोट उद्योग, व्यापार र पर्यटनको प्राकृतिक केन्द्रका रूपमा अगाडि बढिरहेको भन्दै पाण्डेले यस्ता महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडेर उद्यमशीलतामा नयाँ ऊर्जा थप्ने बताउनु भयो  ।

महोत्सवलाई भव्यरुपमा सञ्चालन गर्नका लागि जिल्लाका विभिन्न सङ्घसंस्था तथा समूहसँग छलफल भइरहेको सङ्घका सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी बताउनु भयो । सापकोटाका अनुसार महोत्सवमा राष्ट्रिय भजन प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारबाट दैनिक सांस्कृतिक प्रस्तुतिसमेत हुनेछन् । लोक संस्कृति अन्तर्गत लोक भजनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको भन्दै सापकोटाले प्रतियोगितामा भाग लिनका लागि सबैसँग आग्रह गरेका छन् ।

त्यस्तै महोत्सव अवधिभर हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने सापकोटाले जानकारी बताउनु भयो  । महोत्सव अवधिभर सञ्चालन हुने सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा स्थानीय कलाकार, फेशन शो, विद्यालय र विभिन्न सांस्कृतिक समूहका प्रस्तुति रहने उहाको भनाइ छ । महोत्सवको सुरक्षा र व्यवस्थापनलाई ध्यान दिँदै महोत्सव स्थलमा सिसिटिभी क्यामेराबाट निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापन रहने सापकोटाले बताउनु भयो  ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3