single head

नवलपुरमा चारदिने बक्सिङ प्रशिक्षक तालिमको समापन

single post top 1

नवलपुर । नवलपुरमा चारदिने बक्सिङ प्रशिक्षकको तालिमको समापन भएको छ। नवलपुर जिल्ला बक्सिङ संघको आयोजनामा  पुस ११ गतेदेखि सञ्चालन भएको चार दिने बक्सिङ प्रशिक्षण सोमबार गैंडाकोट बहुउद्देश्य कबडहल गैंडाकोट ४ मा समापन भएको हो ।

single p1

‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणको लागि खेलकुद’, ‘स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी दिनमा हुन गइरहेको राष्ट्रिय बक्सिङ प्रतियोगिता तथा नगरस्तरीय बक्सिङ प्रतियोगिताको लागि प्रशिक्षकलाई प्रशिक्षण प्रदान गरिएको नवलपुर जिल्ला बक्सिङ संघका अध्यक्ष महेन्द्रभक्त अधिकारीले जानकारी दिनुभयो।अध्यक्ष अधिकारीले संघले जिल्लाको ८ पालिकामा  नगर र पालिका बक्सिङ संघ गठन गर्ने र गठन भएका संघलाई बक्सिङ खेल सामग्री वितरण गर्ने निर्णय भएको पनि बताउनुभयो। उहाँले आगामी दिनमा बक्सिङ प्रतियोगिता गर्नको लागि  जिल्ला खेलकुद र नगर पालिकाको सहकार्यमा गण्डकी प्रदेश खेलकुद परिषदबाट बक्सिङ रिङ्ग माग गर्ने बताउनुभयो।

single p2

कार्यक्रममा नेपाल बक्सिङ संघ केन्द्रीय सदस्य लक्ष्मण कार्कीले बक्सिङ खेललाई अगाडि बढाउनको लागि र नयाँ खेलाडी उत्पादनका लागि प्रशिक्षकहरूले कडा मेहनत गर्नुपर्ने बताउनुभयो। केन्द्रीय सदस्य कार्कीले खेलाडीहरूले राम्रोसँग खेलेमा उहाँको जीविकोपार्जन पनि यही खेलबाट हुने बताउनुभयो । उहाँले खेलाडी उत्पादनको मुख्य क्षेत्र भनेको विद्यालय भएको हुँदा विद्यालय स्तरमा पनि बक्सिङ खेललाई प्राथमिकतामा राखेर खेलाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा गैंडाकोट नगर बक्सिङ संघका अध्यक्ष शारदा शाही ठकुरी, कोषाध्यक्ष भरत तिवारी, जिल्ला सल्लाहकार रामशाही ठकुरी ,मनोनित जिल्ला सदस्य वीरेन्द्र कार्की, हरि भण्डारी, जीवन क्षेत्री , पूर्व बक्सिङ खेलाडी राम परियार सुदर्शन श्रेष्ठ, पदम कुमाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवलपुर जिल्ला कार्यसमिति उपाध्यक्ष दलबहादुर रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव केशव थापाले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3