spot_img

Wednesday, October 29, 2025

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ,पाइलट सकुशल

 कात्तिक १२ सोलुखुम्बु । सगरमाथा आधार शिविर नजिकै अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोजित कुँवरले बताउनुभयो । पाइलट खड्कालाई कैलाश एयरको हेलिमार्फत  लुक्ला ल्याइएको डिएसपी कुँवरले बताउनुभयाे । हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण बिहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएकाे थियाे ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :