single head

सुनको मूल्य लगातार ओरालो / सुन प्रतितोला दुई लाख ३६ हजार तीन सय रुपियाँमा कारोबार

single post top 1

कात्तिक १२,काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्य लगातार ओरालो देखिएको हो । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। हिजो मङ्गलबार प्रतितोला दुई हजार नौ सय रुपियाँले घटेपछि दुई लाख ३७ हजारमा कारोबार भएको सुन आज (बुधबार)  तोलामा सात सय घटेर दुई लाख ३६ हजार तीन सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

single p1

आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर दुई हजार ९६५ पुगेको हो ।

single p2

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । सुनको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो हुनु र अमेरिकी ट्रेजरी यिल्ड बढ्नु प्रमुख कारण रहेको विश्लेषकहरूको भनाइ छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3