कात्तिक १२ काठमाडौं । सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुबीच आज त्रिपक्षीय छलफल हुँदै छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफलका लागि बोलाउनु भएको हो । छलफल आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरी तय भएको छ ।
विभिन्न ८/९ वटा समूहका जेन–जी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीसहितको त्रिपक्षीय छलफल हुन लागेको हो ।
यसअघि दल र जेनजीसँग अलगअलग छलफल गर्नुभएको प्रधानमन्त्री कार्कीले यसपटक सर्वदलीय छलफल गर्न लाग्नु भएको हो ।





