spot_img

Friday, September 19, 2025

नारायणगढ-मुग्लिन सडकखण्ड: तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध

चितवन। नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।

माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उहाँको भनाइ छ । आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ ।

पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :