एसइई परिक्षामा विजय समुदायिकको उत्कृष्ट नतिजा/ विद्यालयकै सर्वोत्कृष्ट जीपिए ल्याउने सफल चापागाँई

Article Inline top 1

गैंडाकोट। गैडाकोटको उत्कृष्ट बिद्यालय विजय समुदायिक शिक्षा सदनका विद्यार्थी सफल चापागाँईले २०८१ को एसइई परिक्षामा विद्यालयकै सर्वोत्कृष्ट अङ्क ३.९५ जीपिए ल्याएका छन्।

विद्यालयबाट परिक्षामा सहभागी विद्यार्थीमध्ये ३.६ देखि ४ जीपिए ल्याउने १४ जना विद्यार्थी रहेका छन् भने ३.२ देखि ३.६ जीपिए ल्याउने विद्यार्थी १२ जना रहेको विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले बताउनुभयो।

Article Inline 2

तेस्तै २.८ देखि ३.२ जीपिए ल्याउने विद्यार्थी १३ जना रहेका छन् भने २.४ देखि २.८ जीपिएसम्म ल्याउने विद्यार्थी ७ जना रहेका छन् भने ननग्रेड ल्याउने विद्यार्थीको संख्या ५ रहेको पौडेलले जानकारी दिनुभयो।

२०८१ को एसइई परिक्षामा बिद्यालय बाट ५१ जना विद्यार्थी सहभागी भएका थिए । विद्यालयबाट एसइई मा ४६ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :