spot_img

Thursday, November 13, 2025

एसइई परिक्षामा विजय समुदायिकको उत्कृष्ट नतिजा/ विद्यालयकै सर्वोत्कृष्ट जीपिए ल्याउने सफल चापागाँई

गैंडाकोट। गैडाकोटको उत्कृष्ट बिद्यालय विजय समुदायिक शिक्षा सदनका विद्यार्थी सफल चापागाँईले २०८१ को एसइई परिक्षामा विद्यालयकै सर्वोत्कृष्ट अङ्क ३.९५ जीपिए ल्याएका छन्।

विद्यालयबाट परिक्षामा सहभागी विद्यार्थीमध्ये ३.६ देखि ४ जीपिए ल्याउने १४ जना विद्यार्थी रहेका छन् भने ३.२ देखि ३.६ जीपिए ल्याउने विद्यार्थी १२ जना रहेको विद्यालयका प्रधानाध्यापक चक्रधर पौडेलले बताउनुभयो।

तेस्तै २.८ देखि ३.२ जीपिए ल्याउने विद्यार्थी १३ जना रहेका छन् भने २.४ देखि २.८ जीपिएसम्म ल्याउने विद्यार्थी ७ जना रहेका छन् भने ननग्रेड ल्याउने विद्यार्थीको संख्या ५ रहेको पौडेलले जानकारी दिनुभयो।

२०८१ को एसइई परिक्षामा बिद्यालय बाट ५१ जना विद्यार्थी सहभागी भएका थिए । विद्यालयबाट एसइई मा ४६ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :