spot_img

Friday, July 18, 2025

कवि मीना रिमालको “मातृस्वप्न” सार्वजनिक

जेठ ६  भरतपुर । कवि मीना रिमालको पहिलो कृति “मातृस्वप्न” मंगलबार एक कार्यक्रमका बिच चितवन साहित्य परिषदको सभाहलमा सार्वजनिक गरिएको छ ।

चितवन साहित्य परिषदका अध्यक्ष जगन्नाथ पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कविका मातापिता र सासुससुराले सार्वजनिकीकरण गर्नुभएको हो । कार्यक्रममा स्रष्टाहरू सामना पहाड, भूपीन, शान्ति शर्मा, बालकृष्ण थपलिया, अर्जुन अस्तफल लगायतले कृतिका केही रचना पाठ गर्नुभएको थियो । कार्यक्रममा कृतिको समीक्षा गर्दै सरिता तिवारीले महिलामैत्री कविताको संगालोको रूपमा कृति आएको बताउनुभयो ।

आमा बनेपछि के नै बाँकी रहन्छ र भन्ने तथ्यलाई कृतिले उजागर गर्दै माइती र चेलीको प्रगाढ सम्बन्ध बनाउन सहयोग गरेको बताउनुभयो । ५१ ओटा कविताहरू उक्त कृतिमा समाविष्ट छन् । उहाँका कवितामा जीवनबोध, प्रणयबोध, राष्ट्रचिन्तन, घरायसी जीवनका यथार्थता, विसंगत वर्तमान एवम् नारी समवेदनाका कोलाजलाई शिष्ट, मौलिक, सुबोध्य र विशिष्ट रूपमा प्रस्तुत गरिएका छन् ।

चितवन साहित्य परिषदका उपाध्यक्ष गणेश श्रमणको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सहजीकरण सचिव नवराज ढुङ्गानाले गर्नुभएको हो । लेखकीय मन्तव्य राख्दै स्रष्टा रिमालले कविता यस्तै हुनुपर्छ, उस्तै हुनुपर्छ भन्ने हुँदैन भन्दै समाज र जीवन भोगाइका क्रममा देखेभोगेका तथ्यलाई कृतिमा सपाठ उतारेको बताउनुभयो । कार्यक्रममा कृतिकारका पिता ईश्वरीनाथ रिमालले बधाई मन्तव्य राख्नुभएको थियोे ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार