spot_img

Saturday, March 22, 2025

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र अष्ट्रेलिया भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन्।

पहिलो सेमिफाइनलमा दुई उपाधि दाबेदार टोली भारत र अष्ट्रेलिया भिड्दैछन्। खेल दुबईमा दिउँसो पौने ३ बजे सुरु हुनेछ। भारतले आइतबार न्युजिल्यान्डलाई ४४ रनले पराजित गर्दै समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो।

  • -advertisement-

भारतले न्यूजिल्यान्ड, बंगलादेश र पाकिस्तानलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। अष्ट्रेलिया भने समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएको हो।
त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुँदै छ। आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ।

यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् ।  सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार