फागुन १२,काठमाडौँ। सरकारलाई ताप्लेजुङको पाथीभारामा केबुलकार निर्माणको विरोधमा रहेको समुहलाई वार्तामा बोलाएको छ ।
गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गर्नु भएको हो ।
”आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताबाटै उक्त केबुलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन अनुरोध गर्दछु ।’ बार्ता टोली संयोजक एवम् मन्त्रालयका सह सचिव भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि माघ २२ गते बसेको २ पक्षीय वार्ताले केबुलकार निर्माण कार्य तत्काललाई स्थगित गर्दै ६ बुँदे सहमति भएको थियो ।
कमेन्ट :