spot_img

Saturday, March 22, 2025

च्याम्पियन्स ट्रफी २०२५ : आज भारत र पाकिस्तान भिड्दै

फागुन ११ ,काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा आज भारत र पाकिस्तान भिड्दै छन् ।

समूह ए का यी दुई टिम बिचको खेल युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ ।  भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेका छन् ।

  • -advertisement-

पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित पाकिस्तानलाई सेमिफाइनल सम्भावना बलियो बनाउँन यो खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा बंगलादेशलई हराएको भारत यस खेलमा जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउँन चाहन्छ ।
डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै हराएको थियो ।
भारत र पाकिस्तानबीच पछिल्लो पटकको ओडिआई भेटमा भारत विजयी भएको थियो । सन् २०२३ मा आइसिसी पुरुष क्रिकेट विश्व कपमा भएको भेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको  थियो । गत वर्ष आइसिसी पुरुष टी–२० विश्व कपमा पनि भारतले पाकिस्तानलाई ६ रनले हराएको थियो ।

च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच ५ खेल भएका छन् । जसमा पाकिस्तानले सन् २०१७ को फाइनलसहित भारतलाई तीन पटक हराएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार