माघ २८,गैँडाकोट (नबिन सुबेदी )। चौथो सस्करणको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८१ को चौथो दिनमा सात खेल सम्पन्न भए संगै क्वाटरफाइनल समीकरण पनि पुरा भएको छ ।
क्वाटरफाइनलमा मुकुन्दसेन आधारभुत विधालय र नारायणी मा वि , लक्ष्मी मा वि र अमर ज्योति विधालय , रत्नराज्य मा वि र जनक नमुना माध्यामिक विद्यालय , जनता मा वि र अमर ईङलिस स्कुल बिच प्रतिस्पर्धा हुने नगर खेलकुद समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
गैँडाकोटको क्षेत्रीय रंगशालाको खेलमैदानमा सोमबार भएको प्रतियोगिताको पहिलो खेलमा मुकुन्दसेन आधारभुत विद्यालय बिजयी भएको छ । मुकुन्दसेन आधारभुत विधालयले सुर्योदय विधा मन्दिर लाइ २ — ० गोलले पराजित गर्दै विजयी भएको हो । खेलमा मुकुन्दसेन आधारभुत विद्यालयका सुजन विक प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
आज भएको दोश्रो खेलमा अमरज्योति माध्यामिक विद्यालय बिजयी भएको छ । अमरज्योति माध्यामिक विद्यालयले महेन्द्र स्मारक विद्यालयलाइ १ — ० गोल अन्तरले विजयी भएको हो । खेलमा अमरज्योति माध्यामिक विद्यालयका देव परियार प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
यस्तै आज नै भएको तेस्रो खेलमा श्री रत्नराज्य माध्यामिक विद्यालय बिजयी भएको छ । निर्धारित समयमा दुवै टिम बाट १ /१ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा पन्चज्योतिलाइ ४ का विरुद्ध ५ गोलले पराजित गर्दै श्री रत्नराज्य माध्यामिक विद्यालय विजयी भएको हो । खेलमा रत्नराज्य माध्यामिक विद्यालयका रोहन मगर प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
आजको चौथो खेलमा जनक नमुना माध्यामिक विद्यालय बिजयी भएको छ । जनक नमुना माध्यामिक विद्यालयले गैंडाकोट इङ्गलिस स्कूललाइ २ — ० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा जनक नमुना माध्यामिक विद्यालयका सुसान्त श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
यस्तै आज नै भएको पाचौ खेलमा जनता माध्यामिक विद्यालय बिजयी भएको छ । दुर्गा आधारभुत विधालयलाइ ० का विरुद्ध ६ गोल गरि नारायणी माध्यामिक विद्यालय विजयी भएको हो । खेलमा जनता माध्यामिक विद्यालयका समिर रिजाल प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
आजको छैठौं खेलमा अमर इङ्गलिस स्कुल बिजयी भएको छ । अक्सफोर्ड ईङलिस स्कुललाइ ० का विरुद्ध १ गोल गरि अमर इङ्गलिस स्कुल विजयी भएको हो । खेलमा अमर इङ्गलिस स्कुलकाअनिस कार्की प्लेयर अफ दि म्याच घोषित भएका थिए ।
स्तै यस्तै आज भएको अन्तिम खेलमा नारायणी माध्यामिक विद्यालय बिजयी भएको छ । निर्धारित समयमा दुवै टिम बाट कुनै पनि गोल नभएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा सरस्वती निकेतन इङ्गलिस स्कूललाइ ३ का विरुद्ध ४ गोलले पराजित गर्दै नारायणी माध्यामिक विद्यालय विजयी भएको हो । खेलमा नारायणी माध्यामिक विद्यालयका विसाल महतो प्लेयर अफ दि म्याच घोषित भएको नगर खेलकुद समितिका उपाध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मण कार्कीले फास्टखबर अनलाइनलाइ जानकारी दिनुभयो ।
गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको पाचौ दिन मंगलबार पनि खेल सञ्चालन हुने छ । नगरका संस्थागत र सामुदायिक गरि ३१ विद्यालयका कक्षा ८ सम्मका छात्रहरुको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई ५१ हजार, दोस्रो हुने समूहलाई ३१ हजार, तृतीय हुने दुइवटा समूहलाई १६/१६ हजार रुपैँया नगद प्रदान गरिने गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट गोलकिपर, र वेष्ट मिड फिल्डर लाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।