spot_img

Sunday, January 19, 2025

पीएफसी इमर्जिङ कप: आदिकवि भानुभक्त संग चतुर्मुखी र पारिजात संग सोमाङजिब भिड्दैँ

माघ ६ ,भरतपुर । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजीत ‘पीएफसी इमर्जिङ कप–२०८१’ मा आज दुई खेल हुदैँ छन् ।

पहिलो खेल दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र चतुर्मुखी माध्यामिक विद्यलाय विच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेल दिउँसो ३ बजे पारिजात इंग्लिश बोर्डिङ स्कूल र सोमाङ जीवी ऐकेडेमी बिच हुने क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा चितवनका १६ विद्यालयहरू सहभागी छन् । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुने छ । यस अघि भरतपुरको नारयाणी नमुना माध्यामिक विद्यालय, नारायणी पब्लिक स्कुल, अरूणाेदय माध्यामिक विद्यालय र अमर माध्यामिक विद्यालयले एक/एक खेलमा जित हासिल गरेका छन् ।

प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् । यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।

पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका इमर्जिङ कपका संस्करणहरू निकै उपलब्धिमूलक भएको क्लबको विश्वास छ । यो प्रतियोगिताको प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार