spot_img

Wednesday, December 4, 2024

गण्डकी प्रदेश महोत्सवमा ज्योतिले उफारिन् दर्शक

मङ्सिर ५ गैँडाकोट। नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको सांस्कृतिक कार्यक्रममा आज ज्योति मगरले दर्शकहरुलाई उफारेकी छिन् ।

साँझ ६ बजेपछि स्टेज उक्लिएकी मगरले आफ्ना चर्चित गीतमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी हुन् । साँझपख नारायणी नदीको हावाले चिसो बनाएको वातावरणलाई मगरले गीतले तताउने काम गरेको थियो । मगर स्टेजमा उक्लिएसँगै उनले कान्छी मुसुक्कै, झ्याउरेको तालैमा, ढाडे बिरालो, चोलीभित्र जवानीलगायतका गीतहरु गाएर दर्शकलाई उफारेकी थिइन् ।

  • -advertisement-
  • -advertisement-

महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले महोत्सवमा दर्शकहरुको उपस्थिति बढ्दै गएको बताउनुभयो । सार्वजनिक बिदाको दिन, शनिबार तथा सोमबार महोत्सव स्थलमा दर्शकहरुको उपस्थिति राम्रो रहेको उहाँले बताउनुभयो । कात्तिक २६ गतेदेखि सञ्चालन भएको दोस्रो संस्करणको महोत्सवमा महोत्सव परिसरमा निर्माण गरिएको नेपालकै पहिलो अन्डरवाटर फिस टनेल एवम् जनजातिहरुको सांस्कृतिक घरले दर्शकहरुलाई आकर्षण गर्दै लगेको उहाँको भनाइ छ ।

सांस्कृतिक घर अवलोन गर्ने दर्शकहरुले थारु, मगर, तामाङ, गुरुङ र चेपाङको संस्कृतिबारे चासो राख्दै उनीहरुको परम्परागत परिकारको स्वादसमेत लिने गरेका उहाँले बताउनुभयो ।
यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिनुभयो । सङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ ।

एक करोड ३० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ६० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

बुधबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका ज्योति मगरसँगै सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मासहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले बताउनुभयो । भोलि बिहीबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीसहित रुपा घर्ती मगर, बेली डान्सर चन्दना विश्वकर्मा, दीपक गरौजालगायतका कलाकारहरु प्रस्तुती रहने लम्सालले जानकारी दिनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको छ ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार