कात्तिक ८, बुटवल । लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट उनीहरुले शपथ लिएका हुन् ।
बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका छन्।
तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीका हुन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए।
कमेन्ट :