spot_img

Saturday, November 9, 2024

चाडपर्वमा रमाइलो गर्न स्थानीयले परम्परागत पिङ हाल्न थाले / वडाले गर्यो आर्थिक सहयोग

असोज २३,गैँडाकोट   । हिन्दु धर्मावलम्बीको महान पर्व दसैँ भित्रिसकेको छ । शहर गएकाहरू गाउँ फर्किनेक्रम जारी छ । विद्यालयहरू बिदा भएका छन् । गाउँघरमा रमाइलो गर्न स्थानीयले परम्परागत पिङ हाल्न थालेका छन् ।

दसैं–तिहारजस्ता ठुला चाडपर्वमा  पिङ हाल्ने चलन पछिल्लो समय कम हुदै गएको छ । दशैं र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन्। दशैंमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ।

  • -advertisement-
  • -advertisement-

पछिल्लो समय लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि वडाले पिङ बनाउन सहयोग गरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट वडा नम्बर  ८ र ६ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै  रु पाँच हजार दिने निर्णय गरेका छन ।

‘दशैं–तिहारमा पिङ खेल्नु हाम्रो परम्परा  हो तर, पछिल्लो समयमा प्रविधिको विकाससँगै हाम्रो मौलिकता हराउँदै गएका छन यसलाई जोगाउनु हाम्रो दायित्व भएको गैँडाकोट वडा नम्बर ८ का वडाध्यक्ष प्रेम सापकोटाले बताउनुभयो ।

चाडपर्बको बेलामा वडामा रमाइलो संगै परम्परालाइ अगाडी लैजानका लागि वडा बासीहरुको चाहनालाइ बुझेर  ‘वडाले पिङ बनाउन पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको सापकोटाले बताउनुभयो ।

गैँडाकोट वडा नम्बर ८  मा रहेका कालिका चोक ,कुमाल टोल ,करमघारी ,सिद्धि विनायक , लखनचोक लगायत  विभिन्न चोकमा पिङ निर्माण गरिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

यस्तै गैँडाकोट वडा नम्बर ६ का वडाध्यक्ष सुबास चापागाईं ले  ‘यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले स्वाबलम्बन चोक , कालिका चोक लगायतका ठाउमा पिङ बनाउन  सानो प्रयास गरेको बताउनुभयो ।

पछिल्लो पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्ता मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको वडाध्यक्ष  चापागाईंको भनाइ  रहेको छ।

वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दसैँमा पिङ खेल्ने चलन चल्दै आएको हो ।  पहिलेजस्तो रौनकता छाएको छैन  । हरेक वर्ष दसँ–तिहारमा हाल्ने गरेका लिङे पिङ, रोटे पिङ, काठे पिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । पिङ किशोर, यूवादेखि वयस्कसम्म सबैखाले मानिसको रुचिको विषय हो । बालबालिकादेखि नेपाली युवा पुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोन प्रतिको बढ्दो मोहले गर्दा परम्परा लोप हुँदैगएको हो ।

वडा दसैंको दिन मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरेपछि पिङमा बसेर भुइँ छोड्नुपर्ने प्रचलन छ । वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार