spot_img

Monday, October 14, 2024

कांग्रेस – एमालेबिच भएको सात बुँदे सहमति अनुसार सरकारलाई निरन्तरता दिने र परिणाममा पुर्‍याउने – नेकपा एमाले

भदौ १९,काठमाडौँ । नेकपा (एमाले) ले नेपाली कांग्रेससँग भएको संविधान संशोधनको विषयलाई अगाडि बढाउने भएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबारदेखि बसेको पोलिटब्युरो बैठकबारे सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले सो कुरा बताउनुभयो ।

  • -advertisement-
  • -advertisement-

गौतमले भन्नुभयो, “संविधान संशोधनको बारेमा जति पनि कुरा उठे, यसका सन्दर्भमा संविधान पुनरवलोकन गर्ने र पुनरवलोकनको आधारमा कहाँ–कहाँ संशोधन गर्ने ? त्यहाँ संशोधन गरेर अगाडि बढाउने भन्ने विषयमा नेपाली कांग्रेससँग भएको सहमतिलाई कार्यान्वयन गरेर अगाडि बढाउँछौं ।”

उहाँले कांग्रेस – एमालेबिच भएको सात बुँदे सहमति अनुसार गठन भएको सरकारलाई निरन्तरता दिने र परिणाममा पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको सन्दर्भमा अहिले नेकपा (एमाले) र नेपाली कांग्रेसका बिचमा भएका सात बुँदे सहमति अनुसार जुन सरकार बनेको छ, यो सरकारको निरन्तरता र यो सरकारलाई परिणाममा पुराउने । जुन उद्देश्यले यो सरकार गठन भएको छ, खासगरी मुलुकको आर्थिक अवस्थालाई एउटा लयमा फर्काउनका निम्ति भएका प्रयासलाई कमिटीले धन्यवाद दिएको छ ।”

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार