spot_img

Saturday, January 17, 2026

सम्झनाकाे स्मृतिमा एमाले गैंडाकाेटले गर्याे रक्तदान कार्यक्रम, चार दर्जन बढिले गरे रक्तदान

भाद्र १२,गैडाकोट । नेकपा एमाले नगरपालिका कमिटि गैडाकाेटकाे आयाेजनामा आज गैंडाकाेटमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

नेकपा एमाले गैंडाकाेट नगर कमिटिका सदस्य क सम्झना ढकाल काफ्ले काे असामयिक निधनकाे नवाै दिनकाे पुण्य तिथिकाे दिन पारेर आज रक्तदान कार्यक्रम गरिएकाे नगर कमिटिका अध्यक्ष कृष्ण कंडेलले जानकारि दिनुभएकाे छ । उहाँकै निवासमा आयाेजना गरिएकाे साे रक्तदान कार्यक्रम मा 48 जनाले रक्तदान गरिएकाे नगरकमिटिका सचिव राजु भुसालले जानकारि दिनुभयाे ।

नगर कमिटिका अध्यक्ष कृष्ण कंडेलकाे अध्यक्षता र नेकपा एमाले गण्डकि प्रदेश का सदस्य एवं गैडाकाेट नगरपालिकाका संस्थापक नगर प्रमुख छत्राज पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे साे रक्तदान कार्यक्रमकाे सुरुवात गर्दै क.सम्झना ढकाल काफ्लेले पार्टिमा पुर्याउनुभएकाे याेगदानकाे बारेमा चर्चा गर्नुभएकाे थियाे ।

नगर कमिटिका सचिव राजु भुसालले सहजिकरणमा भएकाे साे कार्यक्रममा पार्टिका जिल्ला कमिटिका सदस्यहरु, अनेमसंघ नगर कमिटिका अध्यक्ष एवम् सदस्यहरु, प्रेस चाैतारी नेपालका केन्द्रिय सदस्य हिमालदेव पंगेनिलगायतका अतिथिहरु रहनु भएकाे थियाे ।। यसैविच स्व सम्झना ढकाल काफ्ले प्रति श्रद्वान्जलि ब्यक्त गर्दै शाेक सन्तप्त परिवारजन प्रति गहिराे समवेदना व्यक्त समेत गरिएकाे थियाे ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :