spot_img

Tuesday, March 25, 2025

नेपाल सङ्गीत उद्योग सङ्घमा प्रहरीको छापा, कागजात र कम्प्युटर बरामद

भदौ ६ काठमाडौँ । नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य मगरमाथि लागेको विवादास्पद आरोपपछि नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले सङ्घको अनामनगरस्थित कार्यालयमा छापा मारेको छ।

अध्यक्ष मगरले साङ्गीतिक कार्यक्रमको नाममा गैर-कलाकारलाई अस्ट्रेलिया पठाउन नक्कली कागजात प्रयोग गरेको आरोपमा ब्युरोले सङ्घको गतिविधिहरूको छानबिन थालेको हो।

प्रहरी टोलीले सङ्घको कार्यालयबाट केही महत्त्वपूर्ण कागजात र कम्प्युटर बरामद गरेको छ। सङ्घका पदाधिकारीहरूको उपस्थितिमा यी सामग्रीहरू बरामद गरिएको हो।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार