spot_img

Wednesday, October 9, 2024

नन्दन सामुदायिक वनमा नयाँ नेतृत्व चयनको लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन / भाद्र ४ गते मतदान हुने

साउन ३०,गैडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैडाकोट वार्ड नं ६ ,८ र ९ को नयाँ नेतृत्व चयन प्रक्रियाको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार सोमबार बाट नयाँ कार्यसमितिको लागि मनोनयन दर्ता शुरु भएको मा १८ पदका लागी ५० जनाको उम्मेद्वारी दर्ता भएकोमा बुधवार ८ जनाले आफ्नो नाम फिर्ता लिएका छन् ।

  • -advertisement-
  • -advertisement-

निर्वाचनको कार्यक्रम अन्तगर्त बुधवार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको छ । प्रकाशित नामावली अनुसार अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी कायमरहेको छ । नेपाली काँग्रेस बाट अध्यक्ष पदका लागि बेल प्रसाद पौडेल लाई अघि सारेको छ भने नेकपा एमाले ,माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टि सहितको साझा गठबन्धन बाट अध्यक्षका लागि हरिकला अधिकारी लाई अघि सारेको छ भने माओवादी केन्द्रबाट टिकट नपाएर सार्बजनिक रुपमा पाटि छाडेको घोषणा गरेर स्वतन्त्र रुपमा चुनाब लडेका माधव चालिसे , देवराज गिरी , भिमलाल शर्मा चुनाबी मैदानमा रहेका छन् ।

त्यसैगरी काँग्रेसको तर्फबाट उपाध्यक्ष पदमा नरजंग राना, सचिवमा इश्वरी कुमाल, कोषाध्यक्षमा डिला सुवेदी र सह- सचिवमा झलकराज शर्माले उमेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी एमाले सहितको साझागठबन्धनको तर्फबाट उपाध्यक्ष पदमा खुमनाथ पौडेल, सचिवमा कमला शर्मा, कोषाध्यक्षमा गुमादेवी शर्मा घिमिरे र सह सचिवमा वसुनी चपाईले उमेदवारी दिएका छन् ।

त्यस्तै जनजाति खुल्ला एक सदस्यमा दुर्गे तामाङ र राजेन्द्रबहादुर कुमालको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै २ जना जनजाति महिला सदस्य तर्फ लक्ष्मी लामा ,रश्मिता प्रधान , तुलीमाया डिस्वा मगर ,खरीमाया मगरको उम्मेदवारी दर्ता भएको छ भने दलित एक महिला सदस्य तर्फ छमकुमारी बिक , ज्ञानकुमारी दर्जी र मिना बिक को उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै तिन खुल्ला सदस्यमा छायादत्त सापकोटा, खगराज गौतम ,रुद्रनाथ पन्थ ,माधव पौडेल, हेम शर्मा ,चित्रबहादुर बोहरा ,टिकाराम सुवेदी ,ताराकुमारी शर्मा रामकली घिमिरे , मन्दोधरी सापकोटाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै तिन महिला खुल्ला सदस्यतर्फ विष्णुमाया खत्री ,कौशिला खत्री, गीतादेवी सापकोटा, पार्वती शर्मा ,विष्णु देवकोटा ,जमुनादेवी न्यौपानेको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै लेखा समिति संयोजक पदमा माधवप्रसाद न्यौपाने र लक्ष्मीदत्त सापकोटा बिच प्रतिस्पर्दा हुने भएको छ । त्यस्तै लेखा समिति खुल्ला सदस्य पदमा लोकनाथ सापकोटा र महिला सदस्यमा सबिना विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।

निर्वाचन कार्यतालिका अनुसार भाद्र ४ गते बिहान ८ बजे बाट मतदान शुरु भई अपराहन्न ३ बजे सम्म हुने निर्बाचन समिती संयोजक छत्रराज पौडेलले फास्ट खबर अनलाईनलाई जानकारी दिनुभयो ।

२०५३ सालमा दर्ता भएको नन्दन सामूदायिक वन ४३५.५६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । अहिले नन्दन सामुदायिक बनक्षेत्र भित्र ढबाह ताल , चट्टानेश्वर महादेबको मुर्ति, नन्दन पिकनिक स्थल पनि रहेको छ साथै बन भित्र बिभीन्न जडिबुटिहरु पनि लगाईएको छ ।  नन्दन सामूदायिक वन गैडाकोट वार्ड नं ६ ,८ र ९ मा अहिले एकहजार पाँचसय ९६ जना उपभोक्ता रहेका छन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार