श्रावण १०, भरतपुर
लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिले आज एक कार्यक्रमका बिच भरतपुर ७ स्थित बिपी मेमोरियल क्यान्सर अस्पतालमा कुर्ची हस्तान्तरण गरेको छ । सो कुर्चीहरु लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका गर्भनर दिनानाथ न्यौपानले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकलाई सयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । क्लबले प्रदान गरेको कुर्चीहरु अस्पतालका अप्रेसन कक्ष अगाडी राखिएको छ ।
कार्यक्रममा बिपी मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष बिजयराज न्यौपाने तथा कार्यकारी निर्देशक शिवजी पौडेल दुवजनालले कुर्चीहरुले बिरामीका कुरुवाका लागि ठुलो राहत प्रदान गर्नेमा आफुहरु ढुक्क भएको बताउनुभयो । वहाँहरुले बिरामीका कुरुवाहरुका लागि अत्यावश्यकीय सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै आउदा दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
अस्पताललाई हस्तान्तरण गरिएको ३ जना बस्न मिल्ने १५ थान कुर्ची करिब करिब २ लाख बराबर भएको क्लबकी निवर्तमान अध्यक्ष डा सरिता राना गुरुङ्गले जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका प्रथम भाईस गर्भनर नवराज सापकोटा, द्धितिय भाईस गर्भनर प्रभाकर पण्डित, डिष्ट्रिकका कोषाध्यक्ष शंकर नेपाल, एक्जुकेटिभ चिफ पूर्णप्रसाद शर्मा लगायतका लायनहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम क्लबका अध्यक्ष ज्ञान प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।