spot_img

Friday, July 18, 2025

चार महिनाको अवधिमा कुन शक्तिबाट देश चल्छ भन्नेकुरा राम्रोसँग बुझ्न पाए – सभापति रवि लामिछाने

 साउन ४,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताउनुभएको छ।

बिहीबार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारमा चार महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्नेकुरा राम्रोसँग बुझ्न पाएको भन्नेकुरा थाहा पाएको बताउनुभयो।

उहाँले गोपनीयताको शपथ ग्रहण गरेकाले सबैकुरा भन्न नमिल्ने भन्दै उहाँले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्नेकुराको जानकारी पाएको बताउनुभयो।

उहाँले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरू आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरू बुझ्ने बताउनुभयो। उहाँले पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताउनुभयो।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार