spot_img

Thursday, February 13, 2025

प्रधामन्त्रीको सपथ सँगै मन्त्रिपरिषद बिस्तार

असार ३१, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री के पी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । शीतल निवासमा आयोजित कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सपथ ग्रहण गरेसँगै २२ सदस्यीय मन्त्रिपरिष्द गठन गर्नुभएको छ । मन्त्रीपरिषदमा काग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पाटीबाट २ र लोकतान्त्रिक समावबादी पाटीबाट १ गरी २१ मन्त्रीसमेटिएका छन् । ओली नेतृत्वको मन्त्रि परिषदमा प्रकाशमान सिह उपप्रधान एवं सहरी बिकास र बिष्णु पौडेलले उपप्रधान एवं अर्थ मन्त्रिको रुपमा सपथ लिनुभएको छ ।

  • -advertisement-

आज बिस्तारित मन्त्रिपरिषद
१. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२. विष्णु पौडेल – उपप्रधान तथा अर्थ
३. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४. रमेश लेखक – गृह
५. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
६. आरजु राणा – परराष्ट्र
७. प्रदीप यादव – खानेपानी
८. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी – युवा तथा खेलकुद
१३. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१५. मानवीर राई – रक्षा
१६. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१७. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८. ऐनबहादुर शाही – वन तथा वातावरण
१९. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
२०. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२१. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार