single head

सरस्वती निकेतन SEE कप 7 ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी नारायणी इङ्गलिस पब्लिक स्कूलको पोल्टामा

single post top 1

असार ११ ,गैँडाकोट । सरस्वती निकेतन SEE  कप ७ ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी नारायणी इङ्गलिस पब्लिक स्कूल भरतपुर ११ ले हात पारेको छ ।

single p1

single p2

फाइनल खेलमा आदिकवि भानुभक्त मावि नारायणगढलाई २–१ गोल अन्तरले पराजित गर्दै नारायणी पब्लिकले उपाधीमाथी कब्जा जमाएको हो । जितसँगै नारायणी इङ्गलिस पब्लिक स्कूलले १८ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता आदिकवि भानुभक्त माविले १० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी इमेश थापा, सर्वाधिक गोलकर्ता भूपेश मगर, उत्कृष्ट गोलरक्षक आयुष दराई घोषणा भएको खेल संयोजक अनिश शारु मगरले जानकारी दिनुभयो । प्रतियोगितामा एसइइ दिएर बसेका विभिन्न विद्यालयका २८ टिमहरूले सहभागिता जनाएका थिए ।

 

विजयी टिमलाई पुरस्कार वितरण गर्दै गैँडाकोट नगर उप प्रमुख शान्ति कोइरालाले एसइइ दिएपछि भविष्य निर्धारण गर्ने यस समयमा परीक्षापछिको खाली समयको सदुपयोग तथा विद्यार्थीलाई हौसला प्रदान गर्न गरिएको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

गैँडाकोट १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले सरस्वती निकेतनले सामाजिक उत्तरदायित्व अन्तर्गत अतिरिक्त क्रियाकलापमा देखाएको सक्रियता र वडाको विकासका लागि खेलेको भूमिका अहम रहेको उल्लेख गर्नुभयो ।

सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबाबु कंडेलले विजयी खेलाडीहरुलाई विद्यालयमा सत प्रतिशत छात्रवृत्तिको घोषणा गर्दै अनुशासन जीवनमा महत्त्वपूर्ण रहेको बताउनुभयो । प्रतियोगिता सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

 

गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले यस्ता प्रतियोगिताहरूले स्थानीय स्तरमा खेलकुदको विकासमा ठूलो योगदान पुराउने बताउनुभयो ।

 

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्माले सरस्वती निकेतलले शिक्षामा फड्को मार्न सफल भएको बताउँदै सबैको रोजाइको विद्यालय बन्न सफल भएको बताउनुभयो ।

समापन कार्यक्रममा नेराश आदर्श माविका प्रधानाध्यापक इन्द्रराज भट्टराई, गण्डकी प्रदेश फुटबल संघका कोषाध्यक्ष दुर्गा घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खेलकुदका माध्यमबाट विद्यार्थीहरुको लुकेको प्रतिभा प्रस्फुटन गराउन विद्यालयले प्रतियोगिता आयोजना गरेको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मण कँडेलले बताउनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3