spot_img

Thursday, May 15, 2025

एकैदिन सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढ्यो

असार २,काठमाडौँ । नेपाली बजारमा आइतबार सुन-चाँदीको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ आइतबार एकैदिन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय २० रूपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार