जेठ ३२,गैंडाकोट (नबिन सुबेदी )। गैंडाकोट नगरपालिका वडा नं ५ मा रहेको मातृभूमि टोल विकास संस्थाले आफ्नो टोलभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सम्मान गरेको छ ।
शुक्रबार गैंडाकोट स्वास्थ्य चौकीको प्राङ्गणमा भएको कार्यक्रममा करिब ५० जनालाई सम्मान गरिएको थियो।कार्यक्रममा आउन नसक्ने बाकि अशक्त ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई उहाँकै घरमा पुगेर सम्मान गरिने संस्थाका अध्यक्ष ईश्वरप्रसाद घिमिरेले बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट वडा नं ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटाले जेष्ठ नागरिकलाई राज्यले गर्नुपर्ने कुरामा राज्यको तर्फबाट जुन किसिमले सम्मान गर्नुपर्ने थियो त्यो सम्मान गर्न सकिरहेको अवस्था नभएको बताउनुभयो । पछिल्लो चरणमा हेर्दा भत्ताले मात्र खासै अर्थ नराखेको उहाँले बताउनुभयो । जेष्ठ नागरिकले भत्ताको रकमबाट सन्तुष्टि नपाएको, अख्तियारी दिएर अरुले पैसा निकालेको र त्यो भत्ताको पैसा दिने कि नदिने भनेर छोरा बुहारीले पनि अधिकार जमाएको आफूले थाहा पाएको उहाँले बताउनुभयो।
उहाँले यसलाई अझै कसरी व्यवस्थित गर्न सकिन्छ भनेर नगर ,वार्ड बाट पनि सोचिरहेको बताउनुभयो । उहाँले मातृभूमि टोल विकास संस्थाको कार्य अनुकरणीय र प्रशंसनीय भएको बताउनुभयो । नगरपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई दीवाकालीन आवास र हेरचाहको प्रबन्ध गर्ने गरी कार्यक्रम अघि बढाइएको पनि बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य शान्ति न्यौपानेले हामी आदर्शको कुरा गर्छौं, ठूला ठूला कुरा गर्छौं ? घरमा आमाबुवालाई के गरेका छौ त ? म :म गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो घरमा आमाबुबालाई बोलाएर समयमा खाना दिएका छौं कि छैनौ त्यो मुख्य बुझ्नुपर्ने कुरा रहेको छ । आज हामीले यहाँ सम्मान गरिरहेका छौं, कहीँ कतै हाम्रो वडा नम्बर ५ मा तपाईँहरू कति ओजेलमा पर्नुभएको छ ,तपाईंको छोरा बुहारीले तपाईहरुलाई कतै अपमान गरिरहनु भएको छ भने तपाईंले गाह्रो नमानिकन आएर गुनासो गर्न उहाँले आग्रह गर्नुभयो । साथै उहाँले यदि गुनासो भए त्यो गुनासोलाई सम्बोधन गरेर उचित व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ज्येष्ठ नागरिक संघ गैंडाकोटका अध्यक्ष मुक्तिनाथ न्यौपानेले जेष्ठ नागरिकलाई दोसल्ला ओडाएर सम्मान गर्नु भन्दा फरकपन बाट शरीरलाई चाहिने स्वस्थ किसिमको सामग्री वितरण गरेर सम्मान गरेको धेरै राम्रो कुरो भएको बताउनुभयो। उहाँले स्वस्थ नै सबभन्दा ठूलो धन हो ,जेष्ठ नागरिकलाई सम्मान गर्न सिक्नुपर्यो, अहिले देश नेपाल बिना सहाराको देश हुने भो ,पुरै जेष्ठ नागरिकको देश हुने हो भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले हाम्रो जनप्रतिनिधि र यो राज्यले जेष्ठ नागरिकलाई सम्मान गर्दा देखिने खालको उदाहरणीय गर्न सकोस् , जेष्ठ नागरिकको मुखमा हाँसो र खुसियाली छाउने खालको काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संकेत एफएमका स्टेसन म्यानेजर सुजन अधिकारीले जेष्ठ नागरिकहरूलाई बिमा गर्न आग्रह गर्दै खबर गरे जेष्ठ नागरिकको घरमै गएर बिमा गराउने बताउनुभयो।
कार्यक्रममा बोल्दै मातृभूमि टोल विकास संस्थाका अध्यक्ष ईश्वरप्रसाद घिमिरेले हाम्रो मातृभूमि टोल विकास संस्थाबाट सामाजिक कामहरू गर्दै आइरहेको बताउनुभयो। उहाँले मातृभूमि टोल विकास संस्था सामाजिक कामको लागि सदैव तत्पर रहेको बताउनुभयो । जेष्ठ नागरिकलाई कसैले पनि हेला गर्नु हुँदैन, जेष्ठ नागरिक भनेका देशका गहना हुन् उहाँहरूको सम्मान गर्नु हाम्रो दायित्व भएको घिमिरेले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष पार्वती रिमालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण सचिव विन्दु लामिछानेले सहजीकरण गर्नुभएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष एकनाथ रिजाल, सल्लाहकारहरू केशवप्रसाद सापकोटा, गोविन्द रिमाल,सामाजिक ब्याक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट :