spot_img

Wednesday, January 15, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै

 जेठ २८,काठमाडौँ। भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किँदै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री मोदीको औपचारिक निमन्त्रणमा आइतबार दिउँसो भारत प्रस्थान गर्नुभएका उहाँले भरतमा समकक्षी मोदीको शपथग्रहण समारोहमा भाग लिनुका साथै शिष्टाचार भेटवार्ता  गर्नुभएको छ । भेटमा उहाँहरूबिच नेपाल–भारतबिच रही आएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

प्रधानमन्त्री दाहालसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी हुनुहुन्छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार