spot_img

Friday, October 4, 2024

भारतको लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना शुरु

काठमाडौं । भारतको लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना आज बाट शुरु भएको छ ।  ४५ दिन लगाएर केन्द्र शासित सहित २८ राज्यमा चुनाव भएको थियो।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

मतगणना अनुसार स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको हो ।  लोकसभाको कुल ५४३ स्थानका लागि सात चरणमा मतदान भएको थियो।

मतगणना आरम्भ हुनुभन्दा अघि कैयौँ विपक्षी दलले धाँधली हुने आशङ्का व्यक्त गर्दै विद्युतीय मतदान उपकरण ईभीएमबारे चिन्ता व्यक्त गरेका छन्।  सत्तारुढ भारतीय जनता पार्टीले तेस्रोपटक केन्द्रमा जितका लागि पूरा शक्ति लगाएर चुनावी मैदानमा उत्रिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न प्रयासरत छन्।  १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ ।  ५४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन एनडिएलाई २७२ सिट चाहिन्छ।

चुनावका यी प्रक्षेपण सही भएमा नरेन्द्र मोदी लगातार तीनपटक निर्वाचन जितेर भारतको प्रधानमन्त्री बन्नेछन्। यसअघि जवाहरलाल नेहरू पनि सन् १९५२, सन् १९५७ र सन् १९६२ मा गरी तीनपटक प्रधानमन्त्री बनेका थिए।

मोदीले नेतृत्व गरेको एनडिए गठबन्धनले पछिल्ला दुई चुनाव, सन् २०१४ र २०१९ मा पनि बहुमत ल्याएको थियो। मोदी पछिल्ला दस वर्षदेखि भारतका प्रधानमन्त्री छन्। सन् २०१९ को निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट सहित बहुमत ल्याएको थियो। यसपालि पनि उसले एक्लै बहुमत पुर्‍याउने अनुमान छ।

कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा इन्डिया गठबन्धनमा समाजवादी पार्टीका नेता अखिलेश यादव, आमआदमी पार्टीका संयोजक अरविन्द केजरिवालदेखि राष्ट्रिय जनता दलका नेता तेजस्वी यादवलगायत कैयौं विपक्षी नेताहरु भाजपालाई हराउन चुनावी मैदानमा  उत्रिएका छन्।  पश्चिम बंगालमा ममता बनर्जीदेखि महाराष्ट्रमा उद्धव ठाकेर र शरद यादव समेतका नेताहरु भाजपालाई चुनौती दिँदै आएका छन्।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार