जेठ १२ स्याङ्जा । प्रसाद लामिछानेको ‘फेदिखोलेको लोक गित सार्वजनिक भएको छ । प्रसाद डिजिटल यूट्यूबमार्फत गीत सार्वजनिक भएको हो । गीतमार्फत धार्मिक, पर्यटकिय स्थलसहित फेदिखोला गाउँ पालिकाका ऐतिहासिक कुरालाई भिडियोको माध्यबबाट चिनाउने प्रयास गरिएको छ ।
गितमा देबी घर्ति र मान बहादुर रानाभाटको स्वर रहेको छ । गीतमा शब्द र संगित प्रसाद लामिछानेको रहेको छ ।फेदिखोलेको गीतमा अभिनय शंकर बाँनिया र अस्मिता रनपालले गर्नुभएको छ भने निर्देशन निशान बानियाँले गर्नुभएको छ ।
गीतको एरेन्ज कृष्ण केसीको रहेको छ भने गितको रेकडिङ मारुनी डिजिटलमा गरिएको हो ।
कमेन्ट :