फागुन १७,चितवन । नेपाल कम्युनिष्ट पार्टी समाजबादीका अध्यक्ष माधब कुमार नेपालले अहिलेको गठवन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । बिहीबार भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै नेपालले भन्नुभयो “गठवन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन , गठवन्धन धर्मराएको पनि छैन , बलियो जगमा उभिएको छ । ” धेरै राजनैतिक दलहरु गठवन्धनमा रहेकाले सामान्य समस्याहरु आउछन् ती समस्याको समाधान खोजिन्छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र आँफ्नो पाटीको बैठक बसेको र बिचारहरु आएको भन्दै नेपालले बिचारहरुको आधारमा कुन ढङ्गले अघि वढ्छन् त्यो हेर्न बाँकी रहेको बताउनुभयो । गठवन्धनमा देखिएका दरारहरुलाई समाधान गर्दै अघि वढीने उहाँको भनाई छ ।
कमेन्ट :