प्रतियोगिता बारे जानकारी दिन कलेज परिसरमा सोमबार आयोजित पत्रकार सम्मलेनमा कार्यक्रम संयोजक अभिनास तामाङले फागुन १७ गतेदेखि सुरु हुने प्रतियोगिातमा सहभागिता जनाउन हालसम्म २० समूह सम्पर्कमा आइसकेको जानकारी दिए ।
प्रतियोगिातमा प्रथम हुने समूहले २५,५५५ सहित मेडल ट्रफि र प्रमाणपत्र, दोस्रो हुने समूहले १४,५५५ सहित सहित मेडल ट्रफि र प्रमाणपत्र तथा तेस्रो हुने समूहले ५ हजार पाँचसय ५५ सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । नारायणगढमा रहेको सेन्ट्रल कलेजले प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सीपल यज्ञविलास पौडेलले चितवन र नवलपुरमा खेलकुद विकास र विस्तारका लागि सेन्ट्रल कलेजले सधै सहयोग गर्दै आएको बताए । सामाजिक उत्तरदायित्व अन्र्तगत नवलपुर र चितवनका अधिकासं स्थानमा हुने खेलकुदका गतिविधीहरुमा आफ्नो कलेजले सधै सहयोग गर्ने पौडेलले बताए ।
कार्यक्रममा एसपीएम कलेजका प्राध्यापक माधव सिग्देल, विद्यार्थी नेता पवन कार्की,स्ववीयू सभापति विज्ञान न्यौपाने एसपीएम कलेज नेविसंघका सभापति झम बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।