spot_img

Thursday, February 13, 2025

कक्षा १२ पढे लगत्तै युवाशक्ति पलायन हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता

 फागुन ०४,गैँडाकोट । रोजगारीको नाममा कक्षा १२ पढे लगत्तै देश बाहिर युवाशक्ति पलायन हुने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनिहरुले कम्तीमा स्नातक तह सम्मको पढाइ नेपालमै गरेर मात्रै देश बाहिर गएमा भने अनुसारको रोजगारी सृजना हुने भन्दै त्यस तर्फ ध्यान दिन सबैलाई अनुरोध गरे ।

हिसान बागमती प्रदेशले नवलपुरको गैँडाकोटमा आयोजनाका गरेको अन्तर कलेज स्तरीय हाजिरिजवाफ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रोफेसर तथा प्राध्यापकहरुले प्लस २ पास गरेलगत्तै देश बाहिर जाने प्रबृति बढ्दै जानु दुखद भएको बताए ।

  • -advertisement-

हिसानका केन्द्रीय सदस्य तथा अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर ई. हरि भण्डारीले १२ कक्षा पास गरेर रोजगारीको नाममा विदेसिएका युवा युवतिहरुले भने अनुसार र सोचे अनुसारको काम गर्न नसकेको बताउनुभयो । जुन देश भएपनि कम्तीमा स्नातक सम्मको अध्ययन नेपालमै गरेर जान सके जुन देश गएपनि विद्यार्थीहरु समस्यामा नपर्ने बताउनुभयो।

कक्षा १२ पास गरेर विभिन्न देशमा रोजगारीका लागि गएका विद्यार्थीहरु अलपत्र परेको, एनआरएनहरुले उद्धार गरेको समाचार देखिरहेको भन्दै त्यसलाई रोक्न र देशमै शैक्षिक जनशक्ति तयार गर्न सरकारले नै उचित पहल गर्नुपर्ने बताउनुभयो ।

हिसानका गण्डकी प्रदेशका उपाध्यक्ष छविलाल कंडेलले राज्यले शिक्षालाई प्राथमकितामा नपारेको गुनासो गर्नुभयो, राज्यले शिक्षालाई जुन रुपमा हेर्नुपर्ने हो त्यो पाइएको छैन उहाँले भन्नुभयो- हिसान , प्याब्सनले मात्रै गरेर भएन शिक्षाको विकासका लागि राज्य नै गम्भिर भएर लाग्नुपर्यो ।

हिसानका केन्द्रीय सल्लाहकार प्रकाशध्वज अधिकारीले स्नातक तह सम्मको अध्ययन नेपालमै गर्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो । रोजगारीको लागि विदेश जानै परे कम्तिमा ब्याचलरको सर्टिफिकेट हातमा राखेर जान सके भने अनुसारको काम प्राप्त हुने भएकोले त्यस तर्फ विद्यार्थीहरु लाग्नु पर्ने बताउनुभयो ।

यसैविच हिसान बागमती प्रदेश र कलेज रिर्डसको संयुक्त आयोजनामा नवलपुरको गैँडाकोट स्थित अक्सफोर्ड कलेजमा प्लस २ साईन्स र म्यानेजमेन्टको अन्तर कलेज स्तरीय हाजिरिजवाफ प्रतियोगिताको चितवन छनौट राउण्ड आज सम्पन्न भएको छ ।शुक्रबार भएको प्रतियोगिताबाट ३२ वटा समुह अर्को चरणका लागि पास भएका छन् । काठमाण्डौबाट सुरु भएको देशव्यापी अन्तरकलेज हाजिरिजवाफ प्रतियोगिता देशका प्रमुख १० शहरमा सञ्चालन गर्ने तयारी छ ।

क्विज प्रतिस्पर्धामा सम्पूर्ण सहभागी विद्यार्थीहरू लाई व्याचलर पढ्नको लागि प्रवेश परीक्षा र कलेजहरूमा करोडौँको छात्रवृत्तिको बन्दोबस्त गरिएको छ । त्यस्तै विजेताहरूले सात लाख तिस हजार नगद राशि सहित पूर्ण छात्रवृत्ति प्रदान गरिने कलेज रिर्डस का सिईओ जितेन्द्र घिमिरेले बताउनु भयो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार