काठमाडौं । नवल खड्का निर्मित एवं निर्देशित चलचित्र ‘काँडेतार’को गीत ‘सके जोवन दिउँला माया…’ सार्वजनिक भएको छ । सत्यकला राई र विक्रम राईको स्वर, दीपक शर्माको शब्द तथा संगीत एवं उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा चलचित्रका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड हुनुहुन्छ ।
नवलकै लेखन रहेको यो चलचित्र फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । अहिले देशका विभिन्न शहरमा च्यारिटी शो भइरहेको चलचित्रको शीर्ष भूमिकामा नवल स्वयंमले अभिनय गर्नुभएको छ ।
कमेन्ट :