single head

आजको राशिफल (२०८० चैत २० गते मङ्गलबार, चैत्र कृष्णपक्ष अष्टमी तिथी )

single post top 1

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -आज समय  राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

single p1

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- आज दिन सामान्य रहन सक्छ । चन्द्रमाको गोचर आठौँ स्थानमा रहने भएकाले पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ।

single p2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज समय राम्रो रहेको छ। धेरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छन्। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीसँग राम्रो समय बिताउन सक्छन्। पतिपत्नीका बीच समझदारी बढ्नेछ। पढाईलेखाइ राम्रो रहन समय रहेको छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज समय राम्रो रहेको छ। मनमा उत्साह र उमङ्ग रहनेछ। शत्रुहरू पराजित हुन सक्छन्। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ।  राज्यपक्ष र सरकारी कामहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ । विद्यार्थीहरुको पढाईमा ध्यान लाग्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज समय मध्यम रहेको छ। परिवारका साथ समय बिताउन सकिनेछ भने प्रेम जीवनमा रहेकाहरुले प्रेमीसँग घुमघाममा जान सक्ने समय छ। स्वास्थ्य आज सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ। विद्याको क्षेत्रमा प्रगति हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज समय केहि प्रतिकूल रहन सक्छ । शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले ध्यान दिनुपर्छ। पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ । यात्रा फलदायक नरहन सक्छ। साथीभाईको सहयोग नमिल्न सक्छ। पढाईमा रुचि नलाग्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) -आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट तेश्रो स्थानमा रहने भएकाले दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने समय छ। पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ। अर्थपूर्ण रमाइलो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा रुचि लिन सक्छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आज समय मध्यम रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट दोश्रो स्थानमा रहने भएकाले उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ। संचित धनको नाश हुन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान लगाउँदा राम्रो परिणाम प्राप्त हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) -आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट प्रथम स्थानमा रहने भएकाले आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आज समय सामान्य रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट द्वादश अर्थात् बाह्रौँ  स्थानमा रहने भएकाले आम्दानी भन्दा खर्च बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने समय छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ। अनावश्यक पारिवारिक विवाद नगर्दा नै राम्रो हुन्छ। अध्ययनमा अलिक ध्यान दिनुपर्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- आज चन्द्रमा एकादश गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ। रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ। आफुभन्दा अग्रजको साथ सहयोग मिल्न सक्छ। पारिवारिक तथा प्रेम जीवन सुखमय रहन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिएर राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) -आज चन्द्रमा दशम गोचरको शुभ प्रभाव गर्दा दिन राम्रो रहनेछ। नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ। कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न सक्छ। आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न सक्छ। पढाईमा प्रगति हुने योग छ।

आजको पञ्चाङ्ग

वि. सं. :       २०८० चैत २० गते मङ्गलबार

       इ.सं. :         2nd April 2024 (Tuesday)

सूर्योदय:       विहान ०५:५५ बजे

सूर्यास्त:        बेलुका १८:२१ बजे

तिथि :   अष्टमी १५:३५ सम्म, तत्पश्चात् नवमी

पक्ष :            चैत्र कृष्णपक्ष

   नक्षत्र :    पूर्वषाढा १८:४३ सम्म, तत्पश्चात् उत्तरषाढा

योग :            परिघ १४:५६ सम्म, तत्पश्चात् शिव

  करण :    कौलव १५:३५ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि:       धनु २४:३२ सम्म, तत्पश्चात् मकर

ऋतु :             वसन्त

अयन :           उत्तरायण

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3